काठमाडौं, ७ पुस । नेपालमा एभिएसनको क्षेत्रमा विगत १० वर्ष देखि निरन्तररुपमा एयर होस्टेजको तालिम प्रदान गर्दै आएको संस्था नेपाल एयरहोस्टेज एकेडेमीलाई नेपालकै उत्कृष्ट एयरहोस्टेज तालिम सेन्टर एमएसएन एक्सिलेन्स अवार्ड २०२१ अवार्ड दिइएको छ । दुवई, मोडल सङ्स नेपालको आयोजनामा दुवईमा भएको एमएसएन एक्सिलेन्स अवार्ड कार्यक्रममा नेपाल एयर होस्टेजलाई अवार्ड घोषणा गरेको हो । कार्यक्रममा नेपाललगायत दुवइमा रहेर विभिन्न पेशा तथा रोजगारीमा सफलता प्राप्त गरेका व्यक्ति तथा संस्था साथै सामाजिक क्षेत्रमा योगदान पुर्याएकाहरुलाई अवार्ड प्रदान गरिएको थियो ।
आयोजक संस्थाका अध्यक्ष डेभिल सिंह राजपुतले दुवइमा एकेडेमी उपस्थित हुन नसकेपछि नेपाल एयर होस्टेज एकाडेमीका निर्देशक रेजिना तुलाधर र प्रशिक्षक गौरीकला थापालाई नेपालमा नै उक्त अवार्ड प्रदान गर्नुभएको हो । एनआरएनए आईसिसिका पुर्व सल्लाहकार एबं बरिष्ठ समाजसेवी चन्द्र प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ईमारत मुलुकका व्यवसायी तथा समाजसेवी शेख नासिर मुत्र्दाह बकर विषेश उपस्थिति हुनुहुन्थ्यो ।
कार्यक्रममा संचार उद्यमतर्फ कर्पोरेट मिडिया नेटवर्कका अध्यक्ष उज्जलजंग शाह, समाजसेवातर्फ रोटरी क्लब अफ कपन २०२०,२०२१ का प्रेसिडेण्टर समाजसेवी शिवहरि खनाल, गायन रक बिनोद ढकाल, मोफसल पत्रकारिताका हिमालय टेलिभिजनका पत्रकार बिष्णु गौतम, सामाजिक अभियान बिर्ता जेसिसका राजेश बहादुर धिमाल, सौन्दर्यशास्त्रका विभिन्न विधाका व्युटीसियनहरु रेखा शाह एमएसएन एक्सिलेन्स अवार्ड २०२१ बाट विभुषित हुनुभएको थियो । कार्यक्रममा बकरले नेपालबाट दुबईमा आई कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै यस्तो कार्यक्रमले दुई देशका नागरिक बीचमा सुमधुर सम्बन्ध कायम राख्न सघाउ पुग्ने तथा व्यवसायिक वातावरणमा नयाँ आयाम थप्ने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्