जनकपुर, पुस ९ । नेपाली कांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी हुनुभएको छ । सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार यादव ९९६ मत ल्याएर विजयी हुनुभएको हो ।
सभापतिका अर्का उम्मेदवार रामसरोज यादवले ८५५ मत प्राप्त गर्नुभएको छ । सभापति पदका लागि भएको मतदानमा २८ मत बदर भएको छ । रामसरोज यादव विमलेन्द्र निधि र डा. शेखर कोइराला समूहबाट प्रतिस्पर्धा गर्नुभएको थियो । उहाँ प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्रीसमेत हुनुहुन्छ। महाधिवेशनपछि सभापति देउवाविरुद्ध निधि र कोइरालाले गठबन्धन बनाउनु भएको थियो ।
नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसक्दा प्रदेश २ को अधिवेशन भने विवादका कारण रोकिएको थियो । जसअन्तर्गत बिहीबार मात्रै मतदान सम्पन्न भएको हो । यसअघि प्रदेश अधिवेशनमा विवाद चर्किँदा सहभागीहरूबीच कुटपिट समेत भएको थियो ।













प्रतिक्रिया दिनुहोस्