जनता टाइम्स

९ पुष २०७८, शुक्रबार १४:३५

मन्त्रिपरिषद बैठकका ७ वटा निर्णय सार्वजनिक (सूचीसहित)


काठमाडौँ,  पुस  ९ । मन्त्रिपरिषद बैठकका ७ वटा निर्णय सार्वजनिक भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय आज सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गर्नुभएको हो ।

मन्त्रिपरिषद बैठकका ७ वटा निर्णयहरु

१। बैठकले क्रिसमसडेका अवसरमा शनिबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

२। औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी कोष स्थापना गर्ने निर्णय गरेको छ ।

३। विद्यायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती गर्ने निर्णय गरेको छ ।

४। संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि पूर्व स्वीकृती दिने निर्णय गरेको छ ।

५। राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

६। जिल्ला सभा रुपनदेहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तानान्तरण गर्न स्वीकृती दिने निर्णय गरेको छ ।

७। हुलाक बस्तुको दररेट पुनारावलोकन गर्न स्वीकृती दिने, वैदेशिक द्रुत डाकसेवा महसुल पुर्नावालोकन गर्ने निर्णय गरेको छ ।