जनता टाइम्स

९ पुष २०७८, शुक्रबार २०:४०

अपहरणमा परेका जनकपुरका एक बालकको उद्धार


काठमाडौं, ९ पुस । जनकपुरधामबाट अपहरणमा परेका एक बर्षीय बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।बालकको अपहरण गरी भारततर्फ गइरहेको अवस्थामा अपहरणकारीलाई नियन्त्रणमा लिइ बालकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

जनकपुरधाम उप–महानगरपलिका वडा नम्बर १७ मनहरपुर बस्ने रासलाल मुखियाका एक वर्षीय २ महिनाको छोरा कृष्णलाई घर अगाडिमा खेल्दै गरेको अवस्थामा गत पुस ७ गते साँझ अपहरण गरेको थियो । डीएसपी बस्नेतका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत सितामढी ग्राम पञ्चायत बाजपट्टी १० घर भइ जनकपुरधाम उप(महानगरपालिका वडा नम्बर १६ स्थित पुल चोकमा कोठा लिएर बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेका छन् । पक्राउ परेका उनलाई धनुषा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्धामा म्याद थप गरी थप अनुसन्धन कार्य भइरहेको प्रहरीले जनाएको छ ।