बिराटनगर, पुस १० । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज उर्लाबारी आउँदै हुनुहुन्छ। उहाँ आज बिहान ११ बजेपछी विराटनगर विमानस्थल हुँदै उर्लाबारी आउने कार्यक्रम तय भएको हो ।
उर्लाबारी ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको २० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्न अध्यक्ष ओली उर्लाबारी जान लाग्नुभएको हो । प्रतिष्ठानले कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । बिहान ११ बजदेखी सुरु हुने कार्यक्रममा प्रमुख आतिथी ओलीसहित पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. प्रेमनारायण अर्याल, प्रदेश १ सरकारका सामाजिक विकाश मन्त्री जयराम यादव, प्रदेश १ का नेकपा एमालेमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य तथा केन्द्रीय सदस्यहरुको पनि आतिथ्यता रहने प्रतिष्ठानका अध्यक्ष गुरु बरालले जानकारी दिनुभयो ।
जननेता मदन भण्डारीको स्मृतिमा स्थापित सो प्रतिष्ठानले प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ । अध्यक्ष ओली प्रतिष्ठानको संरक्षक समेत रहनुभएको छ । अध्यक्ष ओली ३ दिनसम्म झापामा रहनु हुने भएको छ ।













प्रतिक्रिया दिनुहोस्