काठमाडौं, ११ पुस । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयताले ल्याएका विकृती सुधार्न नसकिने खालका रहेको बताउनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै मिश्रले यसका घातक परिणाम अझै आइनसकेको र अर्को पुस्ताले ब्यहोर्नुपर्ने बताउनुभएको छ । त्यतिबेलासम्म संघीयता खारेज गर्न ढिला भइसक्ने मिश्रको भनाई छ ।
‘यो देशमा संघीयताको घातक परिणाम त देखिएकै छैन । र, त्यो घातक परिणाम, मेरो होइन, मभन्दा मुनिको पुस्ताले भोग्नु पर्नेछ’ मिश्रले लेख्नुभएको छ, ‘ त्यतिबेला ढिलो भइसकेको हुनेछ ।’ रवीन्द्र मिश्रले केही समयअघि पार्टीमा राजनीतिक दस्तावेज प्रस्तुत गर्दै संघीयता खारेजीको प्रस्ताव गर्नुभएको थियो ।
मिश्रको सो प्रस्तावसँगै विवेकशील साझामा फुट आएको छ । तर, उहाँको प्रस्तावले जनमानसमा समर्थन पनि उत्तिकै पाएको देखिन्छ । यद्यपी मिश्रको प्रस्तावमा राजतन्त्रप्रति तटस्थ बस्नुका साथै धर्मनिरपेक्षताबारे जनमतसंग्रहको माग गरिएको विषयले उहाँलाई प्रतिगामीको कित्तामा पुर्याएको आरोप लागेको छ ।














प्रतिक्रिया दिनुहोस्