जनता टाइम्स

११ पुष २०७८, आईतवार १६:२२

पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरस पुष्टि, दुई जनाको मृत्यु


काठमाडौं, ११ पुस । पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । देशभरमा एन्टिजिन र पीसीआर विधिबाट गरी ९ हजार ६७७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।यस्तै २८३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हाल सक्रिय संक्रमितको संख्या ४९०६ कायम भएको छ । पछिल्ला २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८५ जना पुगेको मन्त्रालयले जनाएको छ ।