काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनको उद्घाटन सत्र चलिरहेको छ । काठमाडौंको प्रज्ञा भवनमा चलिरहेको महाधिवेशनलाई शुभकामना दिने पहिलो वक्ता बन्नुभयो राप्रपा महामन्त्री कुन्ती शाही । उहाँका सम्बोधन गर्ने क्रममा सहभागीहरू हाँसे । कारण थियो, अतिथिको नाम र पद सही उच्चारण गर्न नसक्नु ।
सुरुमा उनले कांग्रेस सभापति भन्नुपर्नेमा अध्यक्ष भन्नुभयो। त्यसपछि नेकपा एमाले भन्नुपर्नेमा नेकपा भन्नुभयो । एमाले महासचिव शंकर पोखरेल भन्नुपर्नेमा उहाँले नेकपा महासचिव ईश्वर पोखरेल भनेपछि सहभागी हाँसेका हुन् । शाहीले माओवादी केन्द्रको महाधिवेशनको सफलताको शुभकामना दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्