काठमाडौं, पुस १० । नेकपा माओवादी केन्द्रले आफ्नै महाधिवेशनमा शुभकामना दिन आएको अतिथिलाई अपमान गरेको छ । आठौं राष्ट्रिय महाधिवेशनमा अतिथिको रुपमा शुभकामना दिन जानुभएका एमाले महासचिव शंकर पोखरेललाई सार्वजनिक रुपमै अपमान गरेको हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको निम्तोलाई स्वीकार गर्दै आफू आउन नसक्ने र महासचिव शंकरलाई पठाउने जानकारी एमाले अध्यक्ष केपी शर्मा ओलीले गराउनु भएको थियो । मुलुकको सवैभन्दा ठूलो दल नेकपा एमालेको महासचिव पोखरेललाई मञ्चमा बस्दा कार्यक्रम सञ्चालक जनार्दन शर्माले अतिथिसमेत भन्नुभएन । उहाँले एमाले महासचिव पोखरेललाई आसन ग्रहण गर्न अनुरोध गर्छु भन्दै सार्वजनिक अपमान गर्नुभयो ।
जवकी अन्य दलका नेतालाई बिशेष अतिथि र अतिथी भन्दै आसनग्रहण गराउनु भएको थियो । पोखरेललाई भने आसनग्रहण मात्रै भन्नुभयो । माओवादीले बोल्ने क्रमलाई पनि एमालेसँग सत्रुतापुर्ण ब्यवहार देखाएको छ । मुलुकको सवैभन्दा ठूलो दल एमालेलाई जसपाकै हाराहारीमा राखेर उपेन्द्र यादव बोले लगत्तै बोल्न निम्त्याउने काम गर्यो । माधव नेपाललाई एमाले भन्दा माथि देखाउन माओवादीले यस्तो अपमान गरेको हो ।













प्रतिक्रिया दिनुहोस्