जनता टाइम्स

११ पुस २०७८, आइतबार १७:२०

एमालेअध्यक्ष केपी ओलीको क्रेज: उर्लाबारीमा देखियो यस्तो


उर्लाबारी, ११ पुस । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली शनिवार मोरङको उर्लाबारी आउनुभयो । उर्लाबारी ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको २० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्न अध्यक्ष ओली उर्लाबारी आउनुभएको हो ।

ओली सो प्रतिष्ठानको संस्थापक संरक्षक समेत रहनुभएको छ । ओलीको संरक्षणमा सो प्रतिष्ठानले सफलता हासिल गरिरहेको छ । ओली मध्यान्न १२ बजे नै कार्यक्रममा सहभागी हुने खबर पाएर स्थानीयबासी ११ बजे आसपास नै कार्यक्रम स्थलमा सहभागी भईसकेका थिए । विशेषत कार्यक्रममा ओलीले के बोल्छन् होला भन्ने कौतुहुलता बोकेर स्थानीयबासी कार्यक्रमस्थल पुगेका थिए । खराब मौसमका कारण हवाईजहाज उड्न नसक्दा ओली ढिलो गरेर दिउँसो करिब ३ बजे आसपास मात्र कार्यक्रम स्थल आउनुभयो ।

ओलीलाई हेर्न र उहाँको भाषणा सुन्न स्थानीयबासी ३ बजेसम्म नै पर्खेर बसिरहेका थिए । छोटो सम्बोधन गर्नुभएका ओलीको भाषणलाई उपस्थित स्थानीयबासीले चाखपूर्वक सुनेका थिए ।मन्तव्य राखेर बाहिरिन लाग्दा उहाँलाई धिमाल समुदायको तर्फबाट पूर्व सांसद् पर्तमान धिमालले सम्मान् पत्र हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रमस्थलबाट बाहिरिन लाग्दा उहाँको तस्विर लिनेको घुँइचो नै लागेको थियो । पूर्व प्रधानमन्त्री ओली नेकपा एमालेभित्र मात्र होईन आम जनसमुदायमा पनि उत्तिकै लोकप्रीय रहनुभएको छ ।