काठमाडौं, १२ पुस । राजविराज, १२ पुस। सप्तरीमा भएको हत्या घटनामा प्रहरीले तालिम प्राप्त कुकुर ९जंगे० को सहायताले सुक्ष्म अनुसन्धान अघि बढाएको छ ।
हिजो (आइतवार) साँझ घरबाट खरानी बोकेर खेत पुगेकी छिन्नमस्ता गाउँपालिका–१ बरही विरपुरकी ५० वर्षीया भुतनीदेवी यादवको घाँटी रेटी हत्या भएको थियो ।टाउकोमा वियरको बोतल पनि प्रहार गरिएको अवस्थामा यादवको शव आज (सोमवार)विहान भेटिएको हो । रातिदेखि नै खोजतलास गर्ने क्रममा सोमवार विहान खेतमै उनी मृत अवस्थामा भेटिएपछि प्रहरीलाई जानकारी गराइएको मृतकका पति जमाहिर यादवले बताउनुभयो ।
घटनासँगै तालिम प्राप्त कुकुरको सहायताले प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयका टोलीले सुक्ष्म अनुसन्धान थालिएको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनुभयो ।
‘घटनामा सुक्ष्म अनुसन्धान अघि बढाएका छौं’, उहाँले भन्नुभयो । यसअघि गत मंसिर ८ गते पनि सोही गाउँपालिका–६ खुदिबखारीमा ८१ वर्षीय वृद्धको पनि घाँटी रेटि हत्या गरिएको थियो । सो हत्या घटना रहस्यमै रहेको अवस्थामा पुनः अर्को सोही प्रकृति घटना हुनुले स्थानीय त्रसित बनेका छन् ।













प्रतिक्रिया दिनुहोस्