काठमाडौँ, १३ पुस । नेकपा माओवादीका केन्द्रीय सदस्य राम कार्कीले संघीयतालाई व्यवस्थित गर्न नसके जनतालाई पीडा प्रदान गर्ने बुख्याँचा सावित हुनसक्ने चेतावनी दिनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि पुरक प्रस्ताव राख्दै उहाँले उत्पीडित हिस्साको सहभागिता सुनिश्चित नभएसम्म प्रजातन्त्रको सर्वाङ्गीण विकास हुन नसक्ने उल्लेख गर्नुभएको छ। कार्कीले केही पुरक,केही नविन धारणाहरु शीर्षकमा १२ पृष्ठको प्रस्ताव राख्नुभएको छ ।
नीति निर्माणमा जनताको विशेषतः चौरमा, चौतारामा, विद्यालय परिसरमा, गुन्द्री, राडीपाखी आदिमा बसेर कुलो, कुलेसो, पुलपँधेरा, बाटोघाटो, स्वास्थ्यकेन्द्र, विद्यालय आदिबारे नीति निर्माण गर्न सकियोस् भन्ने उद्देश्यका साथ हामीले संघीयतालाई आफ्नो राजनीतिक मुद्दा बनाएका हौं’, कार्कीले भन्नुभएको छ । ‘यो निर्धन मुलुकका जनप्रतिनिधिहरू करोडौंको गाडीमा सवार भएर न्वारान, पास्नी, जन्मदिन मनाउने आतिथ्य सत्कार गरुन् भन्ने उद्देश्य हाम्रो कदापि थिएन। संघीयताले बजेटको एउटा हिस्सा स्थानीय तहमा त ल्याईदियो तर, त्यसको विचरण र अनुगमनको संयन्त्र तयार हुन सकेको छैन।
उनले पार्टीका सम्मेलन, वैठक, अधिवेशन र महाधिवेशनहरूमा नीति प्रधान कार्यक्रम बनाइनुपर्ने धारणा राख्नुभएको छ । उहाँले मार्क्सवाद, लेनिनवाद, माओवादको आलोकमा समाज, इतिहास, अर्थतन्त्र, राजनीति आदिको थप अध्ययन, थप छलफल, थप व्याख्या गर्नुसँगै माक्र्सवाद, लेनिनवाद, माओवादकै पनि थप अध्ययन, थप छलफल, थप व्याख्या गर्न जरुरी रहेको प्रस्ताव गरेका छन्।













प्रतिक्रिया दिनुहोस्