काठमाडौं, पुस १३ । नेपाली राष्टिय महिला भलिबल टोलीले एभीसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिपमा उपाधि रक्षा गर्दै इतिहास दोहोर्याएको छ। बंगलादेशको ढाका मंगलबार उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो ।मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपालले पहिलो सेट २५-२४ ले जितेको थियो ।दोस्रो सेटमा उज्वेकिस्तान २५–२४ ले विजयी भयो । तेस्रो सेट नेपालले २५–१५ ले जित्यो । चौंथो सेट उज्वेकिस्तानले २५-२२ ले जित्दै खेल २/२ को अवस्थामा पुर्राए ।त्यसपछि पाँचौं सेट १५–१० ले आफ्नो बनाउँदै नेपालले उपाधि रक्षा गरेको हो ।यससँगै नेपाल अपराजित रहदै च्याम्पियन बनेको हो ।यस्तै सेन्ट्रल जोनको महिलातर्फ नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।नेपालको यो दोस्रो अन्तराष्ट्रिय उपाधि समेत हो ।पुरुषतर्फ नेपालले आज तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्नेछ । नेपाल र उज्वेकिस्तानबीचको खेल अपरान्ह १स्१५ बजे सुरु हुनेछ ।
उज्बेकिस्तानलाई हराउँदै सेन्ट्रल जोन भलिबलमा नेपालले दोहोर्यायो इतिहास













प्रतिक्रिया दिनुहोस्