जनता टाइम्स

१३ पुष २०७८, मंगलवार २१:५९

सैनिक प्रवक्ता फेरिए : पौडेलको ठाउँमा सिलवाल


काठमाडौं, १३ पुस । नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त हुनुभएको छ । जंगी अड्डाले सोमवार ठूलो संख्यामा सैनिक अधिकारीहरुको सरुवा गर्ने क्रममा सैनिक जनसम्पर्क निर्देशनालयको प्रमुखमा सिलवालको सरुवा भएको हो । यसअघिका सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलको शान्ति कार्य निर्देशनालयमा सरुवा हुनुभएको छ । हाल बालाजुस्थित एक नम्बर बाहिनीपति रहेका सिलवालले प्रवक्ताको जिम्मेवारी सम्हाल्न अझै दुई साताजति लाग्ने प्रवक्ता पौडेलले बताउनुभयो । सिलवालले पाकिस्तानबाट नेशनल सेक्युरिटी एण्ड वार कोर्ष गर्नुभएको छ । संसारभर सबैभन्दा माथिल्लो तहको सैन्य तालिम मानिने यो कोर्षलाई नेशनल डिफेन्स कोर्ष (एनडिसी) समेत भनिन्छ ।