काठमाडौँ, पुुुस १४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन दरबार हत्याकान्डमा भारतको हात रहेको टिप्पणी गर्नुभएको छ। भारतले तेस्र्याएका शर्तहरु राजा वीरेन्द्रले पुरा नगरेको कारण मारिनु परेको टिप्पणी गर्नुभएको हो ।
राजा वीरेन्द्रको जन्मजयन्तीको अवसरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा लिङदेनले सिक्किममा राजसंस्था अन्त्यपछि देशै भारतमा विलय भएको स्मरण गर्नुभयो । उहाँले धेरैदेशहरुले राजसंस्था नरहेपछि जनप्रतिनिधि भनिनेहरुले देशै भारतमा बिलय गराएको बताउनुभयो । उहाँले आज नेपालमा पनि त्यही खतरा मडराइरहेको लिङदेनले दावी गर्नुभयो । आफूले राजा वीरेन्द्रसँग नजिक हुने कहिल्यै अवसर नपाए पनि उहाँका शासनकालका धेरै प्रसंग आफ्ना लागि प्रेरणादायी रहेको लिङदेनले बताउनुभयो । उहाँले २०४५–४६ सालको नाकाबन्दीकाल सम्झिनुभयो र भन्नुभयो , ‘म त्यसबेला विद्यार्थी राजनीतमा थिएँ ।
तत्कालीन भारतको संस्थापनले राजा वीरेन्द्रसामु ६ बुँदे शर्तहरू अघि सारेको मैले बताइराख्नु पर्दैन । त्यसबेला राजाले ती शर्तहरू मानेको भए राजसंस्था पनि रहिराख्थ्यो होला । यद्यपि, नाममात्रैको हुन्थ्यो होला । र, वीरेन्द्र मारिनुपर्ने परिस्थिति पनि आउँदैनथ्यो होला ।’ राजा वीरेन्द्रले विदेशीसँग सम्झौता गर्नुभन्दा आफ्नै देशका जनता र राजनीतिक पार्टीसँग सम्झौता गर्ने अडान लिएको लिङदेनले दावी गर्नुभयो । त्यसबेलादेखि मलाई कस्तो लाग्यो भने, हामी कोहीभन्दा, कुनै राजनीतिक दलको नेताभन्दा, कुनै नागरिकभन्दा राजा देशभक्त हुने उहाँले दावी गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्