काठमाडौँ, १५ पुस । चर्चित र्यापर आशिष राणा (लाउरे)पोखराबाट पक्राउ परेका छन् । बुधबार राति पोखराको न्युरोडबाट लागूऔषध ब्राउनसुगर किन्न लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले जानकारी दिनुभयो ।लाउरेलाई ब्राउन सुगर खरिदबिक्री गर्न लागेको अवस्थामा न्युरोडबाट पक्राउ गरेका हौँ, एसपी थापाले भन्नुभयो, उनलाई अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया तथा अनुसन्धान अगाडि बढाउने छौँ ।एसपी थापाले लाउरेलाई तीन जनालाई नियन्त्रणमा लिइएको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्