जनता टाइम्स

१५ पुष २०७८, बिहीबार १३:३२

चन्द्रागिरिमा युवकको शव भेटियो


काठमाडौं, १५ पुस । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित सडकमा युवकको शव फेला परेको छ । वडा–४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

हाल एसपी मैनाली नेतृत्वको टोली र अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको छ । शवको फोरेन्सिक जाँचका कारण चिकित्सकको टोली पनि घटनास्थल पुगेको छ ।