काठमाडौं, १६ पुस । सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नविन सुवेदी पक्राउ पर्नुभएको छ । मोरङ प्रहरीले सुवेदीलाई बुधबार बेलुकी नै बिराटनगरबाट पक्राउ गरेको हो । सुवेदी सहित बैंकका अन्य २ कर्मचारी पनि पक्राउ परेका छन् । प्रहरीले बैंकका वित्तीय प्रमुख देवी प्रसाद भण्डारी र बैंकका अप्रेसन प्रमुख अमित थापा मगरलाई पनि पक्राउ गरेको हो ।
बैंकमा १५ करोड ७५ लाख हिनामिना भएको उजुरी परेपछि प्रहरीले अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले यसअघि बैंकका कर्मचारी हिमाल भट्टराईलाई पक्राउ गरेर छानविन गरेको थियो । भट्टराई कर्पोरेट कार्यालय विराटनगरका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हुनुहुन्छ ।
भट्टराईको बयानको आधारमा प्रहरीले सीईओ सहित अन्य २ कर्मचारीलाई पनि पक्राउ गरेको हो । प्रहरीका अनुसार बैंकमा सीइओले आफ्नो परिवार र आफन्तलाई भर्ना गरेर मिलेमतोमा आर्थिक अपचलन गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाएको छ । भट्टराई र सीइओ सुवेदी मामा–फूपूको छोरा भएको खुलेको छ । राष्ट्र बैंकले पनि आन्तरिक छानविन गरिरहेको छ ।













प्रतिक्रिया दिनुहोस्