काठमाडौं, पुस १६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन बोर्डमा धनञ्जय रेग्मी सिइओ रहेसम्म बोर्डको प्रगति नहुने बताउदै बेइज्यत गर्नुभएको छ ।
पर्यटन बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार बोर्डमा आयोजित कार्यक्रममा उहाँले सिइओ रेग्मीको बेइज्यत गर्नुभएको हो । सिइओ रेग्मीको आलोचना गर्दै मन्त्री आलेले भन्नुभयो – धेरै रिसाउनुभो जाम् रक्सी खान भन्ने साँढेलाई राखेर बोर्ड चल्छ ?आफूलाई एकपटक जबर्जस्ती लण्डन लगेको प्रसंग कोट्याउँदै उनले त्यहाँ आफू अपमानित भएको सुनाए । ‘म लन्डन जाँदै जान्न भन्दा जबर्जस्ती लगेर गयो, बोल्ने कार्यक्रम छैन भन्यो साँढेले,’ लन्डन गएँ दूतावासमा राखिदियो, न गाडी छ, खाना आफैं खोजेर खानुपर्ने,’ मन्त्री आलेले भने, ‘म यो देशको मन्त्री, जनताले छानेर आएको मन्त्री, लन्डनमा बोल्न पाइनँ, मलाई दुःख लाग्यो ।
यस्तो साँढेलाई सिइओ बनाए भने बोर्ड चल्छ ? ‘चार ओटाको टोयोटा गाडी बेचेर प्रेम आलेलाई खरिद गर्छु भन्ने नसोचे हुन्छ,’ उहाँले भन्नुभयो, ‘इमान बेचेर म यो चेयरमा बस्ने वाला छैन ।’मन्त्रालयमा विकृति धेरै भएको भन्दै सम्हाल्नै गाह्रो भएको पनि मन्त्री आलेले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्