काठमाडौं, १६ पुस । नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा भोली नेता देव गुरुङले आफूले पेस गरेको विधान मस्यौदामाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ दिने हुनुभएको छ । भोली विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि स्थायी कमिटी सदस्य देव गुरुङले जवाफ दिने नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनलाई पारित गरेको महाधिवेशनले भोली गुरुङको विधान मस्यौदालाई पारित गर्नेछ ।
दस्तावेजले पार्टीको क्रान्तिकारी विचार निर्माण प्रक्रिया सुरु गरेको, पार्टीलाई क्रान्तिकारी दिशामा लगेको र विचार विश्लेषणका लागि बहसको थालनी गरेको निष्कर्ष बताउँदै प्रचण्डले तीनै तहका आगामी निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन आयोजना गरेर विचारको संश्लेषण गर्ने प्रस्ताव महाधिवेशन समक्ष राखेका छन् ।













प्रतिक्रिया दिनुहोस्