काठमाडौँ, १७ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११३ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयको तथ्यांक अनुसार देशभर ८९ कोरोना संक्रमितको आईसीयूमा र २४ को भेन्टिलेटरमा गरी कुल ११३ जना उपचाररत छन् ।
मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ मा ९ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन् ।यसैगरी प्रदेश २ मा १ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ६५ जना आईसीयूमा र २० जना भेन्टिलेटरमा उपचारत छन् ।गण्डकी प्रदेशमा ३ जना आईसीयूमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा १० जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।सुदुरपश्चिममा १ जना आईसीयूमा उपचाररत छन् ।













प्रतिक्रिया दिनुहोस्