जनता टाइम्स

१६ असार २०७६, सोमबार १५:३६

शसस्त्र प्रहरीका चार पूर्वआइजीपीले पाए भ्रष्टाचार मुद्दामा सफाई


काठमाडौं, असार १६

सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षक (आईजीपी) भ्रष्टाचारको मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलासले पूर्वआइजीपीहरु कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बासुदेव ओली र सनतकुमार बस्नेतलाई सफाइ दिएको हो ।

मातहतका कार्यालयमा सामान ढुवानी गर्दा नक्कली विल बनाएर भ्रष्टाचार गरेको दावी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारै जना पूर्वआइजीपीहरुबिरुद्ध बिशेष अदालतमा मुद्धा दायर गरेको थियो । बिशेष अदालतले अख्तियारको दावी गलत रहेको जनाई सफाई दिएको हो ।