जनता टाइम्स

१८ पुष २०७८, आईतवार १५:४४

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोली बस्दै


काठमाडौं, १८ पुस । नेपाली कांग्रेसले भोलीका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

भोली दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यलाई डाकिएको छ ।