जनता टाइम्स

१८ पुस २०७८, आइतबार २२:४३

शुक्लाफाँटामा माओवादी र कांग्रेस परित्याग गरि एमालेमा प्रवेश


काठमाडौं, पुस १८ । माओवादी केन्द्र र नेपाली कांग्रेसका ५० जना भन्दा बढी नेता–कार्यकर्ता आइतवार नेकपा एमालेमा प्रबेश गरेका छन् । शुक्लाफाँटामा आयोजित कार्यक्रममा नव प्रबेशीहरुलाई एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, केन्द्रीय सदस्यद्धय नरबहादुर धामी र कृपाराम रानालगायतले स्वागत गर्नुभयो ।

शुक्लाफाँटा नगरपालिका–६ का खडकसिंह साउँदसहित माओवादीका ३२ जना कार्यकर्ता एमाले प्रबेश गर्नुभएको छ । साउद सहीद परिवारका सदस्य हुन् ।

‘जनयुद्ध’ मा उहाँले आफ्नो छोरा गुमाउनुभएको छ । अखिल नेपाल शिक्षक संघका पूर्व केन्द्रीय सदस्यसमेत रहनुभएका साउँदले माओवादीमा व्यक्तिगत स्वार्थ हाबी भएको र बिगतमा पार्टीका लागि ठूलो योगदान गरेका व्यक्तिहरुको अबमूल्यन भएपछि पार्टी छाडेको बताउनुभयो । यस्तै कांग्रेसको शुक्लाफाँटा नगरपालिका–६ का तरुण दल सभापति चक्र साउद, शिक्षक संघका केन्द्रीय महाधिवेशन प्रतिनिधि नव उपाध्यायलगायत पनि एमाले प्रबेश गर्नुभएको छ । एमाले कञ्चनपुरका उपसचिव रणबहादुर महराका अनुसार माओवादी र कांग्रेसका बिभिन्न समितिमा बसेर सक्रिय राजनीति गरिरहेका नेता–कार्यकर्ताहरु स्वस्फूर्त रुपमा प्रबेश गरेका हुन् ।