जनता टाइम्स

१८ पुष २०७८, आईतवार २२:५१

बाढीका कारण हजारौं मानिसले छाडे घर, ५० जनाको गयो ज्यान


काठमाडौं, १८ पुस । मलेसियमा बाढीका कारण हजारौं मानिसले आफ्नो घर छाडेका छन् । सात राज्य बाढीबाट नराम्रोसँग प्रभावित भएको छ । घर छाडेकाहरुले राहत केन्द्रमा शरण लिइरहेको बीबीसीले जनाएको छ ।

आगामी केही दिनका लागि जारी गरिएको पूर्वानुमान सूचनामा भारी वर्षा र ठूला सामुन्द्री छाल आउने सम्भावना रहेको जनाइएको छ । मलेसियामा वर्षको यो महिनामा वर्षा हुने गरेको छ । बाढीका कारण अहिलेसम्म ५० जनाको मृत्यु भइसकेको छ भने आपतकालिन सेवासमेत ठप्प रहेको छ ।