जनता टाइम्स

१८ पुष २०७८, आईतवार २३:०४

प्रचण्डले भाइ र छोरी–बुहारीलाई बनाए केन्द्रीय सदस्य


काठमाडौं, १८ पुस ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी महाधिवेशनमा केन्द्रीय सदस्यहरुको घोषणा गर्नुभयो । आइतबार साँझ प्रचण्डले कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय सदस्यहरुको नाम घोषणा गर्नुभएको हो । २३६ जनाको नाम घोषणा गर्दा प्रचण्डले आफूसहति परिवारका तीन जनालाई केन्द्रीय समितिमा अटाउनुभएको छ ।

उहाँले आफ्नो नाम समेत केन्द्रीय सदस्यमा पार्दा खस आर्य पुरुष तर्फको एक नम्बरमा भाइ नारायणप्रसाद दाहाललाई राख्नुभएको छ । त्यस्तै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई प्रचण्डले खस आर्य महिलातर्फबाट केन्द्रीय सदस्य बनाउनुभएको छ । त्यस्तै बुहारी विना मगर पनि केन्द्रीय सदस्यमा राख्नुभएको छ । कान्छा ज्वाइ जीवन आचार्यको नाम अध्यक्ष प्रचण्डले पढेको सूचीमा छैन