जनता टाइम्स

१८ पुष २०७८, आईतवार २३:१६

अन्तत: रामकुमारी झाँक्री पनि पिर्के सलामी


गुल्मी, १८ पुस । नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव एवं सहरी विकास मन्त्री रामकुमार झाँक्रीले गाउँगाउँमा प्रहरी जम्मा गरेर पिर्के सलामी खान थाल्नुभएको छ। आइतबार उहाँले गुल्मीको पुर्कोटदहमा रहेको एक प्रहरी कार्यालय पुगेर पिर्के सलामीको भोक मेटाउनुभएको हो । विगतमा त्यही सलामीको बिरोध गर्दै छिनछिनमा अरूलाइ कत्लेआम गर्ने झाँक्री मन्त्री भएपछि गाउँमा पुग्दा पनि प्रहरी जम्मा गरेर पिर्के सलामी लिन थाल्नुभएको हो ।