जनता टाइम्स

२० पुष २०७८, मंगलवार ०९:५३

सामान्य आलोचना पचाउन नसक्ने झाक्रीलाई खगेन्द्र संग्रौलाको यो ट्वीट पढेपछि के भयो होला ?


काठमाडौं, २० पुस । पछिल्लो समय नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव एवं मन्त्री रामकुमार झाक्री आफ्नै हर्कतले विवादमा आउनुभएको छ । मन्त्री हुनुअघि अरुले पिर्के सलामी खाएको बिषयमा चर्को आलोचना गर्ने झाक्री आफैँ त्यस्तो हर्कत गर्न थालेपछि उहाँलाई सवैभन्दा धेरे विवादी देखिनुभएको हो ।वरिष्ठ लेखक खगेन्द्र संग्रौलाको निसानामा यसपटक सहरी विकासमन्त्री रामकुमारी झाँक्री पर्नुभएको छ ।

नेकपा एकीकृत समाजवादीकी नेता एवं मन्त्री झाँक्रीले प्रहरीबाट सलामी लिँदै गरेको तस्बिर सोमबार सार्वजनिक गर्दै नागरिक अगुवासमेत रहेका लेखक संग्रौलाले टिप्पणी गर्नुभएको हो । उहाँको आशय आफूलाई ‘क्रान्तिकारी’ भन्ने नेता झाँक्रीले त्यस्तो सलामी लिनु ठीक होइन भन्ने बुझिन्छ।

‘माधव–समाजवादीकी सहरी विकासमन्त्री रामकुमारी झाँक्री पनि पिर्के सलामी लिँदै’, संग्रौलाले सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘राम राम कत्ति न क्रान्तिकारी हुँ भन्दै डङ्क पिट्नेको अस्सली रूप पनि देखियो भन्दै लोकले गिज्यायो त कमरेड’