जनता टाइम्स

२० पुष २०७८, मंगलवार १४:१३

धादिङमा स्कोरपियो जिप दुर्घटना, सेनाले गर्यो चारजनाको उद्धार


काठमाडौं, २० पुस । धादिङमा स्कोरपियो जिप दुर्घटना भएको छ । आज बिहान धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा जिप दुर्घटना भएको थियो ।

तनहुँबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट चार जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।