जनता टाइम्स

२० पुष २०७८, मंगलवार १४:२६

राष्ट्रिय सभाको बैठक २५ पुसमा बस्ने


काठमाडौं, २० पुस । संघीय संसद राष्ट्रिय सभाको बैठक २५ पुसमा बस्ने भएको छ । संघीय संसदका महासचिव डा.भरतराज गौतमले आज सूचना निकाली २५ पुस दिउँसो १ बजे बैठक बस्ने जानकारी दिनुभएको हो ।

यसअघि ५ पुसमा बसेको बैठकले अर्को सूचना जारी बैठकको मिति र समय पछि तोक्ने उल्लेख गरेकाले सोहीअनुसार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले २५ पुसमा बैठक बस्ने गरी मिति तोक्नुभएको हो ।

संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको छ । जसले गर्दा संसद् बैठक प्रभावकारी बन्न सकेको छैन ।