जनता टाइम्स

२१ पुष २०७८, बुधबार १६:५४

महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई रेडियो वितरण


बैतडी, २१ पुस । दोगडाकेदार गाउँपालिका–५ मा रहेको न्वाली स्वास्थ्य चौकीले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई रेडियो वितरण गरेको छ । गाउँपालिकाबाट प्राप्त भएको २५ हजार रकम प्रशासनिक खर्चबाट केही रकम कटौति गरी रेडियो वितरण गरेको स्वास्थ्य चौकी इन्चार्ज नैनसिंह गोयलाले बताउनुभयो ।

इन्टरनेटको पहुँच नभएकोले सूचना तथा सञ्चारसँग जोड्नका लागि रेडियो वितरण गरिएको उहाँले बताउनुभयो । रेडियो पाएपछि दैनिक समाचार सुन्न सहज हुने महिला स्वास्थ्य स्वयंसेविका वसन्ती चन्दले बताउनुभयो ।