जनता टाइम्स

२२ पुष २०७८, बिहीबार २१:१३

धम्क्याएर २० लाख माग्ने पक्राउ


काठमाडौँ, पुस २२ । विभिन्न मोबाइल नम्बरहरुबाट फोन तथा म्यासेज गरी २० लाख रुपैयाँ माग्नुका साथै ज्यान मार्ने धम्की दिनेलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका–११ घरभई चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँ बस्ने २६ वर्षीय संजिव भन्ने पदम काफ्ले छन् ।काफ्लेलाई महानगरीय अपराध महाशाखा मिनभवनले कलंकीबाट पक्राउ गरी थप अनुसन्धानका लागि बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ । काफ्लेविरुद्ध आपराधिक लाभ (एक्सट्रसन) लिएको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालेको समेत जनाएको छ ।