काठमाडौं, पुस २४ । नेकपा माओवादी केन्द्रका अध्यक्षपुष्पकमल दाहाल, प्रचण्डमा कोरोना संक्रमण भएको छ । प्रचण्डपुत्री गंगा दाहालले सामाजिक सञ्जालमार्फत उहाँलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको हो ।
‘अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केहि असहजता देखिएकोले हिजो बेलुकी पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ। उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ। यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले सतर्कता अपनाउनुहुन अनुरोध गर्दछौं। डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गरॉउदछौं। धन्यबाद,’ प्रचण्डका निजी सचिवालयको तर्फबाट जानकारी दिँदै दाहालले भन्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्