काठमाडौं, २४ पुुस । नेकपा एमाले अर्घाखाँचीको आठौं अधिवेशनले पिताम्बर भुसाललाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ। नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य रहेका भुसालको बाहेक अन्यको उक्त पदमा दाबी नरहेपछि उनि सर्वसम्मत अध्यक्ष हुनुभएको हो ।
सअघि अध्यक्ष पदमा आकांक्षा देखाएका जिवनारायण कोईरालाले भुसाललाई नै समर्थन गरेर उम्मेदवारी नदिने सहमति जनाए पछि भुसाललाई अध्यक्ष हुन सहज बाटो बनेको थियो। एमाले अर्घाखांचीका अनुसार उम्मेदवारी दर्ताको समयसम्म भुसालको मात्रै मनोनयन दर्ता भएको छ। तर निर्वाचन आयोगले भने औपचारीक सार्वजनिक गरिसकेको छैन्।
आदर्श मा.वि. खनदहबाट वि.स. २०४२ सालमा अनेरास्ववियुबाट बिद्यार्थी राजनीति हुदै पार्टी राजनितीमा प्रवेश गर्नुभएका भुसाल २०५४ सालमा साविक बाँगी गाविसको अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । २४ वर्षदेखि निरन्तर जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य रहेका उहाँ हाल नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्