काठमाडौं, पुस २५ । एमाले मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । एमाले मकवानपुरको ११औं जिल्ला अधिवशेनले श्रेष्ठलाई सर्वसम्मतीमा चयन गरेको हो ।
सर्वसम्मतिमा नेतृत्व चयन गर्दै भन्दै शनिबार अधिवेशन स्थगित गरी आइतबार बिहान श्रेष्ठको अध्यक्षतामा एक सय पाँच सदस्यीय जिल्ला कमिटी बनाइएको हो । तर, अध्यक्षका अर्का आकांक्षी बद्री लम्सालले एकपक्षीय रूपमा अध्यक्षसहितको टिम घोषणा भएको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।












प्रतिक्रिया दिनुहोस्