जनता टाइम्स

२५ पुष २०७८, आईतवार १८:३७

एमाले बैतडीमा सहमति, पाल सर्वसम्मत अध्यक्ष चयन


बैतडी, २५ पुस । नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षमा निवर्तमान अध्यक्ष सुरेन्द्र पाल नै सर्वसम्मत चयन भएका छन् । यसअघि अध्यक्षमा गोरख बहादुर चन्दको समेत उम्मेदवारी परेकोमा चन्द उम्मेदवारी फिर्ता लिन तयार भएपछि सहमति जुटेको हो । उपाध्यक्षमा यसअघि नै रमील बम चयन भैसकेका छन् ।

यसैगरी सचिवमा चक्र कार्की चयन भएका छन् भने उपसचिवमा चन्द प्यानलबाट एक जना राख्ने सहमति भएको छ । जिल्लास्थित नेताहरू र उम्मेदवारहरूका बीचमा भएको गहन छलफल पछि सहमति जुटेको अनेरास्ववियु केन्द्रीय उपमहासचिव गोविन्द गिरीले बताउनुभयो । राष्ट्रिय युवा संघ नेपाल आबद्ध युवाहरूको पहलमा सहमति जुटेको पाटन नगरपालिका वडा न। १०का वडाध्यक्ष देवेन्द्र कुवरले बताउनुभयो ।