जनता टाइम्स

२५ पुष २०७८, आईतवार २०:१३

खोप नलगाएका नागरिकले माघ ३ देखि सार्वजनिक सेवा नपाउने


काठमाडौं, २५ पुस । माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । कोरोना विरुद्धको खोप नलगाएका नागरिकलाई माघ ३ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा रोक लगाउन सरकारलाई सिफारिस गरिएको हो । आज बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले कोरोना खोप कार्ड नहुनेलाई माघ ३ देखि सार्वजनिक सेवा प्रदान नगर्न सिफारिस गर्ने निर्णय गरेको हो।

खोप कार्ड नहुनेलाई आन्तरिक उडानमा समेत प्रतिबन्ध लगाउन भनिएको छ। अन्तर्राष्ट्रिय उडानमा भने ७२ घण्टा अघिको पीसीआर रिपोर्ट अनिवार्य गर्न भनिएको छ । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सुनिता नेपालका अनुसार विभिन्न सार्वजनिक स्थलमा प्रवेश गर्दा खोप लगाएको पास देखाउनु पर्ने छ । कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा खोप लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने छन् ।