इलाम, पुस २६ । नेकपा एमाले इलामको अध्यक्षमा महेश बस्नेत निर्वाचित हुनुभएको छ। आइतबार राति आएको परिणामअनुसार बस्नेतले ६ सय ९४ मत प्राप्त गर्नुभएको हो ।
बस्नेत इलाम नगरपालिकाका मेयरसमेत हुनुहुन्छ ।उहाँका प्रतिद्वन्द्वी देवी क्षेत्री दुलाले ६४ मत मात्र पाउनुभयो । उपाध्यक्षमा उदयबहादुर राई ६ सय ४ ल्याउँदै विजयी हुनुभएको छ ।
प्रतिद्वन्द्वी याम अधिकारीले १ सय ३७ मत प्राप्त गर्नुभयो ।सचिवमा प्रकाश अधिकारीलाई पराजित गर्दै उमेश गुरुङले विजयी हुनुभएको छ। गुरुङले ५ सय २७ मत ल्याउँदा अधिकारीले २ सय २२ मत ल्याए ।सहसचिवमा रवीन्द्र सुवेदी ४ सय ४४ र विष्णुमाया आचार्य २ सय ७२ मतका साथ विजयी हुनुभयो ।
सहसचिवका अन्य प्रत्याशी छवि श्रेष्ठले २ सय ५३, रमेश राईले १ सय ९७ र सन्तराम योङहाङले १२७ मत प्राप्त गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्