जनता टाइम्स

२६ पुष २०७८, सोमबार ०९:१९

काठमाडौंमा भएका दुर्घटनामा २ जनाको मृत्यु



काठमाडौं, पुस २६ । काठमाडौंका मिनभवन र बिजुलीबजारमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।मिनभवनमा बागमती प्रदेश ०२–०३१ प ७५६२ नम्बरको मोटरसाइकलले आइतबार साँझ साढे ६ बजे ठक्कर दिंदा रामेछापका ६३ वर्षीय जीवनाथ गौतमको मृत्यु भएको छ ।

उनको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । गौतमलाई बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो ।

यसैगरी बिजुलीबजारमा गएराति साढे ११ बजे नम्बर नखुलेको टिपरले ठक्कर दिंदा कालीकोटको पचालझरना घर भई भक्तपुरको व्यासी बस्दै आएका विपिन विकको मृत्यु भएको छ ।ठक्कर दिने टिपरको नम्बर नखुलेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।