काठमाडौँ, पुस २६ । प्रधानमन्त्री शेरबहादुर देउवाको कोरोना परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । आज गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको उहाँको सचिवालयले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना देखिएपछि गएको शनिवारदेखि देउवा होम क्वरेण्टीनमा बस्नुभएको थियो । उहाँले सबै भेटघाट पनि बन्द गर्नुभएको थियो ।
गएको बिहीवार र शुक्रवार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागीमध्ये दाहाललाई कोरोना देखिएपछि देउवा क्वरेण्टीनमा हुनुहुन्थ्यो । शिक्षा‚ विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडललाई कोरोना संक्रमण भएको छ । मन्त्री पौडेल स्वास्थ्यमा सामान्य समस्या देखिएपछि केहि दिनयता आइसोलेसनमा बस्नुभएको थियो ।
आइतबार एन्टीजेन परीक्षणमा नेगेटिभ नतिजा आएपछि सोमबार बिहान आरटी (पीसीआर परीक्षण गर्दा त्यसको नतिजा भने पोजेटिभ आएको मन्त्री पौडेलका प्रेस संयोजक बिमल खड्काले जानकारी दिनुभयो । साथै उहाँकी श्रीमती बलावती शर्मालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।













प्रतिक्रिया दिनुहोस्