काठमाडौं, २६ पुस । सङ्घीय सरकारका कृषिमन्त्री महेन्द्र राय यादवलाई नेपालगन्जका किसानहरूले लखेटेका छन् ।बाँके जिल्लाको नेपालगन्जमा आज कारखाना उद्घाटन गर्न पुगेका सङ्घीय सरकारका कृषि मन्त्री महेन्द्र राय यादवलाई त्यहाँका किसानहरूले लखेटेका हुन् ।
मन्त्री यादवले उद्घाटन गर्ने भनिएको कारखानामा किसानहरू पुगेपछि मन्त्री यादव कार्यक्रम स्थल बीचमै छोडेर भागेका थिए । मन्त्री यादव पछाडिको बाटोबाट सुरक्षाकर्मीहरूको सहयोगमा भागेको किसानका नेता विष्णु यादवले बताएका छन्। लामो समय देखी बाँकेका किसानहरूले मल,खाद्य, बिउ बिजन तथा सिचाइको व्यवस्था मिलाउन सरकारसँग माग गर्दै आएका छन् ।













प्रतिक्रिया दिनुहोस्