जनता टाइम्स

२७ पुष २०७८, मंगलवार १७:१५

एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी विजयी


धनगढी, २७ पुस । नेकपा एमाले दार्चुल्ला जिल्ला अध्यक्षमा प्रेमसिंह धामी विजयी भएका छन् । ५८८ मत ल्याएर धामी अध्यक्षमा विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी ज्ञानेन्द्र घर्ती ९२ मत ल्याएर पराजित हुनुभएको छ । यसैगरी एमाले दार्चुलाको सचिवमा ४२२ मत ल्याएर शेरसिंह धामी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी गंगादत्त जोशी २१२ मत ल्याएर पराजित हुनुभएको हो ।

एमाले दार्चुलाको सहसचिवमा खडक बडाल र चन्द्रादेवी कुँवर विजयी हुनुभएको छ । सहसचिवमै उम्मेदवारी दिएका उमेश जोशी, दानीराम पार्की र धनबहादुर कुँवर पराजित हुनुभएको हो । एमाले दार्चुला अधिवेशनका लागि छनौट भएका ७७६ प्रतिनिधि मध्ये ७०७ जनाले मतदान गर्नुभएको थियो । अध्यक्षमा विजयी भएका धामी दार्चुलाको नौगाढ गाउँपालिकाका अध्यक्ष समेत हुनुहुन्थ्यो ।