जनता टाइम्स

२७ पुष २०७८, मंगलवार १८:४३

एमाले स्याङ्जाको अध्यक्षमा गैह्रे निर्वाचित, यी हुन अन्य पदाधिकारी


स्यांजा, पुस २७ । नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित हुनुभएको छ । आठौं जिल्ला अधिवेशनबाट गैह्रेको अध्यक्षतामा नयाँ कमिटी बनेको हो । निकटतम प्रतिस्पर्धी नारायणप्रसाद मरासिनीलाई पराजित गरी गैह्रे एमालेको जिल्ला अध्यक्ष बन्नुभयो ।

फागुन २३ को सर्वोच्चको फैसलासँगै माओवादी केन्द्रबाट एमालेमा प्रवेश गर्नुभएका गैह्रेले पराजित गरेका मरासिनी प्रतिनिधिसभा सांसद हुनुहुन्थ्यो । गैरेले ४ सय ४० मत ल्याउँदा मरासिनीले २ सय ५७ मत मात्रै पाउनु भयो ।

उपाध्यक्षमा कृष्ण खाँण निर्विरोध चयन हुनुभयो भने सचिवमा राजेन्द्र डुम्रे निर्वाचित हुनुभयो । उपसचिवमा विश्व पौडेल र तारा शर्मा विजयी भएका एमाले स्याङ्जाले जनाएको छ । पौडेल मरासिनी प्यानलबाट निर्वाचित हुनुभएको हो । अरू सबै गैह्रेको प्यानलबाट चुनाव लडनु भएको थियो ।