जाजरकोट, २७ पुस । नेकपा एमाले जाजरकोटको अध्यक्षमा खीमबहादुर शाही निर्वाचित हुनुभएको छ । आज गरिएको मत गणना अनुसार करवीर शाहीलाई पराजित गर्दै खीमबहादुर निर्वाचित हुनुभएको हो । विजयी खीमबहादुरले कुल ४ सय ३३ मत मध्य २ सय १७ मत ल्याएर विजयी हुनुभयो । करवीरले २ सय १० मत प्राप्त गर्नुभएको थियो । खीम र कवीर दाजुभाइ हुन् ।
खीम दाइ हुन् । करवीर तत्कालीन माधवकुमार नेपाल समूहमा हुनुहुन्थ्यो । यस्तै उपाध्यक्षमा गोपाल बटाला निर्वाचित हुनुभएको छ । उहाँले २ सय २५ मत प्राप्त गर्नुभयो । सचिवमा वीरबहादुर गिरी निर्वाचित हुनुभएको छ । नरबहादुर खत्रीलाई पछि पार्दै उहाँ विजयी हुनुभएको हो । गिरीले २ सय १५ प्राप्त गर्नुभएको थियो भने खत्रीले १ सय ८६ मत प्राप्त गर्नुभयो ।
यस्तै उपसचिवमा गोपाल बहादुर नेपाली र नर बहादुर बस्नेत निर्वाचित हुनुभएको छ । नेपालीले सबैभन्दा बढी २ सय ५८ मत प्राप्त गर्नुभएको छ । बस्नेतले २ सय ४७ मत प्राप्त गर्नुभएको थियो । उपसचिवका उम्मेदवार रामबहादुर शाही र जयाराम न्यौपाने भने पराजित हुनुभयो । शाहीले १ सय ५४ मत प्राप्त गर्नुभएको थियो भने न्यौपानेले १ सय ४ मत प्राप्त गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्