जनता टाइम्स

२७ पुष २०७८, मंगलवार २३:१२

लिपुलेकमा भारतले सडक बनाएको बिरोधमा अनेरास्ववियु नवलपुरको प्रर्दशन


नवलपुर, २७ पुस । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववीयु नवलपुरले नेपाली भूभाग लिपुलेकमा सडक निर्माणको कार्य गरेको बिरोधमा आज कावासोतीमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।

नेकपा एमाले जिल्ला कार्यालय अगाडी भेला भएका बिद्यार्थीहरुले आज साँझ भारतिय बिस्तारबाद र नेपाल सरकारको मौनताको बिरोधमा नाराबाजी सहित पुत्ला दोहन गरेका हुन् । केही दिन अगाडी भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक निर्माणको काम भइरहेको बताउनु भएको थियो । सो भूभाग नेपालको हो ।

नेपाली भूमिमा प्रवेश गरेर भारतले गरेको सडक बिस्तारको काममा वर्तमान सरकारको मौनताले धेरै प्रश्नहरु उठाएको अनेरास्ववीयु केन्द्रीय सदस्य नेल्सन सुवेदीले बताउनुभयो । विगतमा जयसिं धामीको बिषयमा समेत सरकारको मौनता देखिएको भन्दै उहाँले वर्तमान सरकार बिदेशी शक्तिलाई रिझाउने नाममा राष्ट्र र राष्ट्रियतालाई समेत दाउमा राख्न तयार भएको आरोप लगाउनुभयो । पुत्ला दोहनको क्रममा अनेरास्ववीयु नवलपुर जिल्ला संयोजक सुरज सापकोटाले कालपानीमा मार्चपास गर्ने अनेरास्ववीयुको गर्विलो इतिहास रहेको स्मरण गर्दै भारतिय बिस्तावाद कुनैपनि बाहानमा स्वीकार्य नहुने बताउनुभयो ।

यस्तो रास्ट्रघाती निर्णयको बिरुद्ध नेपाल सरकार अझै पनि मौन बस्ने हो भने हामी सडक बाटै सदन हल्लने गरि आन्दोलनको कार्यक्रमहरु चर्को गराउने छौ भन्दै प्रधानमन्त्रीको कुर्चीबाट सडक बाटै फाल्ने चेतावनीअनेरास्ववियु नवलपुर कार्यलय सदस्य एबम कावासोती इन्चार्ज प्रशान्त सिग्देलले दिनु भयो। विद्यार्थीहरुले भारतिय बिस्तारबाद मुर्दावाद, मापसे सरकार मुर्दावाद, नेपाल भूमि खाली गर, लगायतको नारा लगाएका थिए ।