काठमाडौं, पुस २८ । निर्वाचन आयोगले पर्सि शुक्रवार ३० गतेका लागि सर्वदलीय बैठक बोलाएको छ ।माघ १२ गते राष्ट्रिय सभा चुनावसँगै पालिका र प्रतिनिधि सभाको चुनाव र मतदाता नामावली अद्यावधिकबारेमा छलफल गर्न शुक्रवार बिहान ११ बजेका लागि बैठक बोलाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।पालिका, प्रदेश तथा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने १६ दललाई बैठकमा बोलाइएको प्रवक्ता पौडेलले बताउनुभयो ।
छलफलमा पालिकाको मिति घोषणाबारेमा छलफल हुने उहाँको भनाइ छ । आउँदो वैशाखमा पालिकाका जनप्रतिनिधिहरूको समय अवधि सकिने भएकाले त्यसअघि चुनाव गर्न आयोगले दलहरूको ध्यानाकर्षण गराउँदै आएको छ । आयोगका पदाधिकारीले गएको ९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र वैशाख २२ गते पालिकाको चुनाव गर्न प्रस्ताव गरेका भए पनि सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन । विं।सं। २०७४ सालको वैशाख र असारमा पालिकाको चुनाव भएको थियो ।













प्रतिक्रिया दिनुहोस्