जनता टाइम्स

२९ पुष २०७८, बिहीबार १६:५९

आज देशैभरी थपिए ३५५३ कोरोना संक्रमित, काठमाडौंमा मात्रै १४ सय बढी


काठमाडौं, २९ पुस । नेपालमा आज ३५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको १५ हजार ८१ नमु्ना परीक्षणमा ३५५३ जनामा संक्रमण पुष्टि भएको हो । बुधवारकोे तुलनामा आज पनि कोरोना संक्रमित हुनेको संख्या ५ सयले बढी हो ।

आज उपत्यकाको काठमाडौंमा १४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ जनासँगै १९१६ जनामा संक्रमण पुष्टि भएको हो । बुधवारको तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्या ४ सयले बढी हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ३५५३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ३९ हजार २७० पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २७१ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २७१ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख १५ हजार ३४७ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १ जनासँगै नेपालमा हालसम्म ११ हजार ६१० जनाको कोरोनाबाट मृत्यु भएको छ ।

मन्त्रालयको विवरण अनुसार १४ हजार ३४० जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा १३ हजार ५०३ जना र ८३७ जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये ११० जना आइसीयु र २५ जना भेन्टिलेटरमा उपचाररत छन् । बुधवारको तुलनामा आज आइसीयुमा रहनेको संख्या २३ जनाले बढी हो ।

करोड ७१ लाखले लगाए कोरोना विरुद्धको खोप

नेपालमा पछिल्लो २४ घण्टामा ३ लाख ५६ हजार ४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म २ करोड ७१ लाख ५५ हजार ७२८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । ती मध्ये १ करोड ५४ लाख ६४ हजार ३३५ जनाले पहिलो मात्रा र १ करोड १६ लाख ९१ हजार ३९३ जनाले दोस्रो मात्राको खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।