जनता टाइम्स

२९ पुष २०७८, बिहीबार १७:०९

तीन सञ्चारकर्मी पुरस्कृत


बागलुङ, पुस २९। प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङद्वारा स्थापित ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’बाट तीन सञ्चारकर्मी पुरस्कृत भएका छन् । शाखाको छैटौँ अधिवेशनका अवसरमा आज तीनैजनालाई २०७५, २०७६ र २०७७ सालको पुरस्कार एकसाथ प्रदान गरिएको हो ।

पुरस्कृत हुनेमा रामकृष्ण शर्मा, रामकृष्ण बोहोरा र गणेश पौडेल रहेका छन् । उनीहरुलाई जनही रु १० हजार राशिबाट पुरस्कृत गरिएको हो । शर्मालाई २०७५, बोहोरालाई २०७६ र पौडेललाई २०७७ को पुरस्कारबाट सम्मान गरिएको शाखा अध्यक्ष उमाकान्त शर्माले जानकारी दिनुभयो । अधिवेशनको उद्घाटन समारोहमा नेकपा ९एमाले०का पोलिटब्यूरो सदस्य लीलबहादुर थापा र शाखा अध्यक्ष शर्माले पत्रकारत्रयलाई संयुक्तरूपमा नगद, प्रमाणपत्र र दोसल्ला ओढाइ सम्मानित गर्नुभएको हो ।

बोहोरा ढोरपाटन दैनिकको कार्यकारी सम्पादक र पौडेल गोरखापत्र दैनिकमा आवद्ध हुनुहुन्छ । विसं २०७३ मा स्थापित सो पुरस्कारबाट यसअघि पत्रकार हरिनारायण गौतम र रामबहादुर जिसी पुरस्कृत भइसक्नुभएको छ ।