जनता टाइम्स

२९ पुष २०७८, बिहीबार २१:१८

एमाले जिल्ला अधिवेशन : ६२ जिल्ला कमिटीले पाए नयाँ नेतृत्व, कुन कुन जिल्लामा बाँकी (विस्तृतमा)


काठमाडौं, पुस २९ । नेकपा एमालेका जिल्ला अधिवेशन सुरू भएको सातौं दिन बिहीबार साझसम्म २ गैरभौगोलिकसहित ६२ जिल्लाको परिणाम आएको छ । प्रदेश २ मा सप्तरी र सिरहा बाहेक ६ जिल्लाको नेतृत्व चयन बाँकी छ भने वागमतीका सिन्धुपाल्चोक र चितवनबाहेक अरु जिल्लाको सकिएको छ ।

गण्डकीका हिमाली जिल्ला मनाङ र मुस्ताङबाहेक सबै जिल्लाको नेतृत्व चयन भएको छ भने लुम्बिनीमा रोल्पा र पुर्वी रुकुमबाहेक अन्यत्र सकिएको छ ।

कर्णालीमा मुगु र हुम्लामा अधिवेशन भएको छैन, दैलेखमा अवरुद्ध छ । सुदूरपश्चिममा हिमाली जिल्ला बझाङको अधिवेशन भएको छैन अन्यत्र नेतृत्व चयन टुंगिएको छ ।

जिल्ला अधिवेशनबाट प्रायः नयाँ अनुहार अध्यक्षमा आएका छन् ।

यी हुन् हालसम्म निर्वाचित ५८ जिल्लाका अध्यक्ष

प्रदेश १

१. झापा – दीपक कार्की

२. मोरङ – ऋषिकेश पोखरेल

३. खोटाङ – रामप्रसाद दंगाल

४. धनकुटा – इन्द्रमणि पराजुली

५. तेह्रथुम – तेजमान कन्दङवा

६ . पाँचथर – राजकुमार भण्डारी

७. भोजपुर – शरणकुमार राई

८. इलाम– महेश बस्नेत

९. सोलुखुम्बु– डुफकुमार बास्तोला

१०. उदयपुर– प्रमेश्वर घिमिरे

११. ओखलढुंगा–शंकर कटुवाल

१२. ताप्लेजुङ – भुपेन्द्रबहादुर थेबे

१३. संखुवासभा– जितबहादु घिमिरे

१४. सुनसरी – रेवतीरमण भण्डारी

प्रदेश २

१. सप्तरी – ताराकान्त चौधरी

२. सिरहा – बिन्देश्वर मण्डल

वागमती

१. धादिङ – भूमि त्रिपाठी

२. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु

३. भक्तपुर – बचन देउजा

४. रसुवा – कर्णेल तामाङ

५. रामेछाप – आनन्दकुमार श्रेष्ठ

६. नुवाकोट – बद्री मैनाली

७. मकवानपुर – एकलाल श्रेष्ठ

८. काठमाडौं – दीपक निरौला

९. ललितपुर – पुरुषोतम आचार्य

१०. सिन्धुली – कुमारबहादुर कार्की

११. दोलखा – नरबहादुर श्रेष्ठ

गण्डकी

१. गोरखा – प्रेम गुरुङ

२. तनहुँ – श्रीप्रसाद श्रेष्ठ

३. म्याग्दी – देवेन्द्र केसी

४. लमजुङ – कृष्णप्रसाद अधिकारी

५. बागलुङ – हिराबहादुर केसी

६. पर्वत–राजु पौडेल

७‍. नवलपुर–मुक्ती पाण्डे

८. स्याङ्जा – सूर्य प्रसाद गैरे

९. कास्की– मनबहादुर गुरुङ

लुम्बिनी

१. पाल्पा – धनेन्द्रराज घिमिरे

२. गुल्मी – बालकृष्ण काउछा मगर

३. अर्घाखाँची – पिताम्बर भुसाल

४. बाँके – किस्मत कुमार कक्षपती

५. बर्दिया – लालबहादुर श्रेष्ठ

६. दाङ – हुकुमबहादुर बस्नेत

७. रुपन्देही – तेजेन्द्र केसी

८. कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित)

९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी (निर्वाचित)

१०. प्युठान–बिजयविराज विष्ट

कर्णाली

१. डोल्पा – शेरबहादुर बुढा

२. सल्यान – गोविन्द पुन मगर

३. जुम्ला – शान्तिलाल महत

४. रुकुम – नन्दराम देवकोटा

५ . जाजरकोट – खिमबहादुर शाही

६. सुर्खेत – अमृत बिसी

सुदूरपश्चिम

१. डडेल्धुरा – प्रकाश साउद

२. बैतडी – सुरेन्द्र पाल

३. डोटी – चक्र मल्ल

४. कैलाली – रतन थापा

५. दार्चुला – प्रेमसिंह धामी

६. बाजुरा – कालीबहादुर शाही

गैरभौगोलिक जिल्ला

१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष – उमेश ढकाल