खोटाङ, पुस २९ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेता बन्न रहर भएका पत्रकारलाई पत्रकारिता छाडेर सक्रिय राजनीतिमा लाग्न सुझाव दिनुभएको छ ।
पत्रकारमाथि नेता कि पत्रकार भन्ने प्रश्न उठिरहेको भन्दै अध्यक्ष बस्नेतले राजनीतिक दलमा सक्रिय हुने हो भने पत्रकारिता कर्म छाडेर ढुक्कले राजनीतितिर लाग्न सुझाव दिनुभएको हो ।नेपाल पत्रकार महासङ्घ शाखा खोटाङको संयोजनमा प्रेस काउन्सिलले आज बिहीवार दिक्तेलमा आयोजना गरेको पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाइ कार्यक्रममा ‘पत्रकारले गल्ती गर्दैन’ भन्ने मान्यतामा विचलन आउन दिन नहुने उहाँले बताउनुभयो ।
अध्यक्ष बस्नेतले पत्रकारबाट गल्ती हुँदैन भन्ने स्थापित मान्यतामा विचलन आउन नदिन पत्रकारलाई आग्रह गर्नुभयो । ‘पत्रकारले गल्ती गर्दैन । पत्रकारले लेखेको साँचो हो भन्ने मान्यता छ, त्यो मान्यतामा विचलन आउन दिनुभएन । पत्रकारले लेखेको ठिक हो, कुनै पनि मिडियामा जुनसुकै कुरा लेखेको होस्, त्यो साँचो हो भनेर जनताले पत्याइदिनुपर्छ । पत्याउनुपर्छ ।
त्यो मान्यता छ’, अध्यक्ष बस्नेतले भन्नुभयो, ‘अब पत्याउन छाडे भने हामीमाथि प्रश्न उठ्छ, पत्रकार यस्तै हुन् भन्न थालियो भने के हुन्छ हालत । यो विकसित हुन दिन हुन्न ।’













प्रतिक्रिया दिनुहोस्